बिरामी बोकेर काठमाडौं जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुंगा | माघ १७, २०८१

बिरामी बोकेर काठमाडौं जाँदै गरेको गाडी दुर्घटना, तीन जनाको मृत्यु

ओखलढुंगा:   बिरामी बोकेको गाडी ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

 

मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित सडकबाट गाडी १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

 

ना १ ज ६४२१ नम्बरको गाडी खोला किनार खसेको हो।

 

गाडी खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको थियो ।

 

चालकको अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले गाडीबाट शव निकाल्ने प्रयास गरिरहेको छ।

 

मृतकहरूको सनाखत हुन बाँकी छ ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्